१८ पुस,रौतहट-
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगर स्थित श्री कानु समाज कल्याण समितिले कानु हलुवाई जागरण सभाको आयोजना गर्ने भएको छ । मौलापुर नगरपालिकाले मौलापुर बजारमा रहेको मंचमा कानु हलुवाईको जागरण सभा गर्न अनुमति दिएको हो ।
श्री कानु समाज कल्याण समितिले माघ ३ गते कानु हलुवाई जागरण सभाको आयोजना गर्न माग बमोजिम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल साहको हस्ताक्षरमा अनुमति दिएको हो ।
नगरपालिकाले कार्यक्रम गर्न बिहान ६ देखि साझ ६ बजे सम्म कार्यक्रम संचालन गर्न, कार्यक्रम वरिपरी सार्वजनिक सम्पत्ति हानी भए आयोजक जिम्मेवार हुने, कार्यक्रम स्थल वरपर वातावरण प्रति संवेदनशील, भिडभाड नियन्त्रण, कसैको धर्म आस्थामा आच पुग्ने गतिविधि गर्न नपाईने, गैरकानुनी क्रियाकलाप भए आयोजक जिम्मेवार हुने, कार्यक्रम सम्पन्न पश्चात कार्यक्रम स्थलको सरसफाइ आयोजकले गर्ने लगायतको शर्त पालना गर्न गरि कार्यक्रम संचालन गर्न स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम कार्यक्रम संचालन गर्न नगरपालिकाले अनुमति दिएको छ।हजारौको संख्यामा कानु हलुवाईलाई कानु हलुवाई जागरण सभामा निमन्त्रणा गरिएको कार्यक्रम सहसंयोजक तथा कानु हलुवाई समाज महासंघका महासचिव सुरेश प्रसाद कानुले जानकारी गराएका छन । कानु हलुवाई समाजको बहुल्यता रहेको मौलापुर नगरपालिका मा सुरेश प्रसाद कानु ले आफ्नो निजी लगानी तथा जनसमुदायको सहयोगमा कयौ सडक निर्माण नाला सरसफाई छठघाट निर्माण, गरिब असहयको शिक्षा, स्वास्थ्य लगायतमा निःस्वार्थ सहयोग गर्दै आएका छन ।