नगर प्रमुख जयसवालद्वारा खाद्यान्न वितरण

nepaltak.com

रौतहट, पुस २८

रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले समस्यामा परेका विपन्न समुदायलाई खाद्यान्न वितरण गर्नु भएको छ । नगर प्रमुख जयसवालले आरडिसि नेपाल, वल्र्ड भिजन तथा स्टार्ट फाउन्डेसन नेपालको सहयोगमा गरुडाका दलित, विपन्न तथा गरिब परिवारलाई सोमवार खाद्यान्न वितरण गर्नु भएको हो । 

गरुडा नपा वडा नम्बर ४ का वडाध्यक्ष सुनीलकुमार जयसवालसमेतको उपस्थितिमा चामल, दाल, आलु, मुर्हीलगायतका अत्यावश्यक खाद्य सामग्री नगर प्रमुख जयसवालले वितरण गर्नु भएको छ । चिसो मौसमका कारण दैनिक जीवन यापनमा कठिनाइको सामना गर्नु परिरहेको समुदायको हातमा राहत पु¥याउने काम भएकोमा स्थानीयले प्रशंसा गरेका छन् । 

नगर प्रमुख जयसवाल विभिन्न संघसंस्थाको समन्वय तथा सहयोगमा आवश्यक भएको समुदायलाई सहयोग जुटाउँदै आउनु भएको छ । स्थानीय जनप्रतिनिधि तथा सहयोगी संस्थाहरुको सहकार्यमा विपन्न समुदायको हातमा खाद्यान्न पु¥याउने कामलाई स्थानीयले प्रशंसा गरेका छन् । सहयोग प्राप्त गर्ने समुदायले भने खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया