धैर्य र कर्मले शिखर छुन सकिन्छ: एक प्रेरणादायी जीवनको संघर्षको कथा- बिन्दा लाल सर

Dipendra Sah
मेरो कथा व्यथा : बिन्दालाल सर ;प्रेरणाको स्रोत

माता रानीको कृपाले आज मेरा दुःखका दिन टलेका छन्। संगीत मेरो बाध्यता थियो र शिक्षा मेरो रोजाई। कथा यसरी सुरु हुन्छ:

बाजे धनाढ्य थिए। अरुले बेइमानी गरे र मेरा बुवा (कान्छो) को नाममा नाममात्रको जग्गा रह्यो। आफू इमानदार रहेको र अरुले बेइमानी गरेको सहन नसक्ने भएकोले म सानो छँदा नै बुवाको मनस्थिति बिग्रेको थियो। घरमा आर्थिक संकट थियो र म ५–६ कक्षामा पढ्ने बालक थिएँ। भैंसी किनेर पाल्ने घरायसी हैसियत थिएन। जन्मने पाठा-पाठीमा आधा हिस्सा हुनेगरी अर्काको बाख्रा पाल्न आमासँग सल्लाह गरेँ। काम गरेर भएपनि, जसरी भएपनि पढ्ने र ठूलो मान्छे बन्ने मेरो इच्छा थियो। बिहान र बेलुका बाख्रा चराउन जाँदा अंग्रेजीका मीनिङ्स र गणितका सूत्रहरू रट्दै बाख्रा चराउँथेँ। बाख्राले आर्थिक स्थितिमा धेरै सुधार ल्याएन। पछिपछि, Band Party मा गीत गाउन join भएँ। यसले पढाइ त बिग्रिन्थ्यो तर एउटा बिहेमा गीत गाएबापत Band Party ले कहिले रु २०० त कहिले रु ५०० सम्म पनि दिन्थ्यो। Band Party मा काम गर्दा कति अपमानित महसुस गर्थे त्यो मलाई मात्र थाहा छ। यसरी कमाउँदै पढ्दै SLC Regular पास गरेँ। आमाले अब नपढ भनिन्।

तर मैले +2 गरेपछि जागिर पाइन्छ, दुःखका दिन समाप्त हुन्छ, मात्र २ वर्षको कुरा हो भनेर आमालाई फकाएँ। मेरो पढ्ने रहर पूरा गर्नैपर्ने थियो। यही बीचमा मनुष्यको रूपमा भगवान मेरो जीवनमा आउनुभयो। म आफ्नो मण्डलीसँग भजन गाउन सर्लाहीको बलरा लक्ष्मीपूर पुगेको थिएँ। मेरो गायनप्रति मन्त्रमुग्ध भएका लक्ष्मीपूरका आदरणीय इन्द्रकान्त मिश्रले कार्यक्रम समाप्त भएपछि मेरो पारिवारिक पृष्ठभूमि र आर्थिक स्थितिबारे मेरा नालवादक नन्दू ठाकुरसँग सोध्नुभयो। उनले सही कुरा बताए। त्यसपछि इन्द्रकान्त मिश्रज्यूले मसँग भन्नुभयो, "पढ्न मन लाग्छ कि मात्र गीत/भजन गाएर जीवन बिताउँछौ?" मैले भने—पढेर सरकारी जागिर गर्ने ठूलो सोच छ तर पूरा होला जस्तो लाग्दैन, किनभने आर्थिक अवस्था कमजोर छ। यति सुनेपछि उहाँ रुँदै मलाई अँगालो हालेर भन्नुभयो,

"मेरो छोरा/छोरी कोही छैन, म तिमीलाई पढाउँछु। म तिम्रो घर हिड्छु, तिम्रा सारा किताब किनिदिन्छु, Campus Fee तिर्दिन्छु।" यति सुनेपछि म पनि रुन थालेँ। उहाँले पढाइमा ठूलो सहयोग गर्नुभयो र म B.Ed. सम्म पढें। यसैबीचमा उहाँको देहावसान भयो। मैले Boarding School मा पढ्दै M.Ed. प्रथम श्रेणीमा उत्तीर्ण भएँ।


मेरो कथा व्यथा -2

आमाले चाहनुहुन्थ्यो कि म कुनै काम गरुँ। हामी तीन दाजुभाई भए पनि आमाबुवाको सहारा म मात्र बनेको थिएँ। दाजुहरु अलग्गै बस्नुभएको थियो, तर मलाई सधैं माया र जिम्मेवारी दिइएको थियो। +2 दिएपछि, Result नआउँजेलसम्म बिहान र बेलुका स-साना विद्यार्थीहरुलाई ट्युसन पढाएर खाने, बस्ने र महिनामा २–३ हजार कमाउने योजना बनाएँ। त्यसका लागि नजिकैको गाउँमा गएँ। बाटोभरि रुँदै, अनेक कुरा सोच्दै त्यहाँ पुगेँ। ट्युसन सुरु भयो। म सबैलाई राम्ररी पढाउन थालेँ। त्यतिबेला विद्यार्थीहरुको रुचि खासगरी गणितमा थियो। मेरो गणित राम्रो भएकोले सबैको मन जितेँ। विद्यार्थीहरुले भन्छन्,

"सर! भोलीको खाना मेरो घरमा।"

यो सुन्दा म धेरै खुशी हुन्थेँ र सोच्थेँ—जसले मलाई बोलायो, त्यसको घरमा म खुवाउने मौका पाउँछु। यति गरेर म प्रत्येक दिन फरक–फरक विद्यार्थीको घरमा खाना खान्थेँ। एकदिन, बेलुकाको ट्युसनमा एक विद्यार्थीले भन्यो, "भोली सरलाई खुवाउने पालो मेरो भए पनि मेरो घरमा कोही छैन। पर्सी तिम्रो घरमा पालो छ। भोली तिमी खुवाऊ, म पर्सी खुवाउँछु।" यति सुनेपछि म झैँ छांगाबाट खसे झैँ भएँ। मैले महसुस गरेँ—खाना खुवाउन पनि सहयोग र आत्मीयता हुन्छ। गरीबीको वास्तविक अनुभूति त्यहाँ मैले नजिकबाट पाएँ।

कथा अर्को मोड़ यहाँ आउँछ—मैले अंग्रेजीमा धेरै कमजोरी अनुभव गरेको थिएँ। तर अहिले म अंग्रेजी बोल्न सक्छु। यो चमत्कार कसरी भयो?



बिन्दालाल सरको जीवनले सिकाउँछ—कर्ममा अडिग रहँदा, शिक्षा र ज्ञानमा लगनशील रहँदा, र सद्भाव बोकेर अघि बढ्दा जीवनमा सफलता प्राप्त हुन्छ। कठिनाइहरू आए पनि धैर्य र अनुशासनले मार्ग देखाउँछ। उनका प्रयास र चरित्र अरूलाई प्रेरणा दिने अनमोल उदाहरण हुन्


बिन्दा लाल सर
राजपूर न पा 2 फतुहा महेशपूर रौतहट कार्यरत : श्री यमुना माई मावि झुन्खुनमा, सहायक प्रधानाध्यापक, माध्यमिक गणित शिक्षक
Facebook: Binda Lal Sir

प्रतिक्रिया