रौतहट, पुस २८
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले चार सय जनालाई न्यानो कपडा वितरण गर्नु भएको छ । गौर नगरपालिकाका नगर प्रमुख रहनु भएका समाजसेवी साहले आफ्नो व्यक्तिगत लगानीमा चार सय जनालाई न्यानो कपडा प्रदान गर्नुभएको हो ।
गौर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लालबाबु जयसवालको उपस्थितिमा नगर प्रमुख तथा समाजसेवी साहले चार सय जना गरिब तथा विपन्न समुदायका परिवारलाई न्यानो कपडाको रुपमा चादर वितरण गर्नु भएको हो ।
सोमवार नगर प्रमुख तथा समाजसेवी साहले विपन्न र गरिब समुदायलाई आफ्नै हातले न्यानो कपडा प्रदान गर्नु भएको हो ।
अत्यधिक जाडोका कारण घर बाहिर हिँडडुल गर्न कठिनाइ भएको गरिब परिवारलाई राहत पु¥याउने उद्देश्यले चार सयभन्दा बढीलाई न्यानो चादर प्रदान गर्नु भएको हो । नगर प्रमुख तथा समाजसेवी साहले सामाजिक दायित्व अन्तर्गत आगामी दिनहरुमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको पत्रकार चन्दनकुमार महतोले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नु भएको छ ।
नगर प्रमुख साहले यसअघि अनाथ तथा असहायहरुलाई पनि सहयोग गर्नु भएको थियो । विभिन्न अवसरमा समाजसेवी साहले विपन्न, अनाथ तथा पीडित समुदायलाई सहयोग गर्दै आउनु भएको छ ।