सडक विस्तारको नयाँ अभ्यास ः समीर भट्टराई

nepaltak.com

रौतहट

रौतहटको वृन्दावन नगरपालिकाभित्रका विश्रामपुर, बेनौली, नरकटिया हुँदै हर्दियासम्मलाई जोड्ने एउटा प्रमुख सडकको मधेश प्रदेशसभा सदस्य समीर भट्टराईले बुधवार शिलान्यास गरेका छन् । 

रौतहट क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेश साँसद भट्टराईले १२ करोड ७८ लाखको लागतमा निर्माण हुने सडकको शिलान्यास गरेका हुन् । सडकलाई साँसद भट्टराईले विकासको नयाँ गतिको संज्ञा दिएका छन् । 

सडकको दुवैतिर नाला पनि निर्माण हुने छन् । पूरै सडक कालोपत्रे हुने बताइएको छ । मधेश प्रदेश सरकारको लगानीमा योजनाको सुरुआत गरिएको छ । सडकको शिलान्याससँगै औपचारिक रुपमा सडक निर्माण शुभारम्भ भएको साँसद भट्टराईको कथन छ । 

योजना पूरा भएपछि आर्थिक, सामाजिक तथा भौतिक विकासमा निकै ठुलो उपलब्धि हुने विश्वास स्थानीयवासीले लिएका छन् । सडकले ग्रामीण क्षेत्रको धेरै समस्याको समाधान गर्ने विश्वास स्थानीयको रहेको छ । यस क्षेत्रका हजारौँ मानिसले आवागमन सुविधाको सहजता प्राप्त गर्ने विश्वास रहेको छ । 

सडक शिलान्यास कार्यक्रमको अवसरमा पूर्व साँसद देवेन्द्र पटेल, वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख राम सिनेही यादव, समाजसेवी प्रेमशंकर यादव, रामप्रसाद पटेलसहित स्थानीयवासीको सहभागिता रहेको थियो । 

रौतहटमा पछिल्लो समय सडक विस्तार तथा नयाँ सडक निर्माणको क्षेत्रमा निकै धेरै कामहरु भइरहेका छन् ।

प्रतिक्रिया