मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले बाज्जिका भाषामा गरे शपथ ग्रहण

Dipendra Sah

२०८२ मंसिर २१
जनकपुरधाम, मधेश प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले बाज्जिका भाषामा गरे शपथ ग्रहण

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आज मंसिर २१ गते प्रदेश प्रमुखको उपस्थितिमामा आयोजित विशेष समारोहमा बज्जिका भाषामै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

यादवले स्थानीय भाषा, संस्कृति र पहिचानलाई संस्थागत रूपमा अग्रसर गराउन शपथमै बाज्जिकाको प्रयोग गरेको बताए। कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय नेता तथा नागरिकको ठूलो उपस्थिति रहेको थियो।

उपस्थित भीडले बाज्जिका भाषामा भएको शपथलाई “मधेशको सांस्कृतिक पहिचानलाई सम्मान गर्ने ऐतिहासिक निर्णय” भनेर स्वागत गर्यो।

https://youtube.com/shorts/5vDdhJj4tmc?feature=share

प्रतिक्रिया