१९ मंसिर, जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनभित्र सहमति भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।आज बिहानैदेखि चलेको छलफलमा यादवको नाममा सहमति भएको एक प्रदेश सांसदले जानकारी दिए । अहिले प्रदेश सांसदहरूले हस्ताक्षर गर्ने काम भइरहेको छ।
१९ मङ्सिर २०८२, शुक्रबार ०४:२६ मा प्रकाशित